ट्रेन्डीङ्ग

बालुवाटार बेचेर खानेलाई सरकारले कारबाही नगर्दा हामीले गर्यौ:विप्लव

गणेश एसके,कार्तिक २७कैलाली।नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनको धनगढीमा भएको दलित मुक्ति मोर्चा नेपालको पाचौं राष्ट्रिय सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथिका रूपमा रहेका नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले प्रधानमन्त्री निवास बालुवाटार को जग्गा बेचेर खानेलाई सरकारले कारबाही नगर्दा हामीले कारबाही गरेको बताएका छन ।

उहाँले जोड्दै भने तर त्यो कारबाही कुनै जनताको हित विपरित थिएन र पनि देशका शासकहरूले हामीलाई जबरजस्ती रुपमा देशद्रोही ,खरखजाना आदि जस्ता नाजायज मुद्दा लगाइयो सँगसँगै हामी लाई प्रतिबन्ध पनि लगाए तर हामीले भन्यौं राज्यले जबर्जस्त तरिकाले हामी दमन, धरपकड, दुख दिन खोजिन्छ भने हामी प्रतिरोध गर्छौं भन्यौ र अन्ततः सरकारले पार्टी माथि मात्र होइन आम नेपाली जनतामाथि नै लगाएको अन्यायपूर्ण कथित प्रतिबन्ध खारेज गर्न बाध्य भयो र हामी अहिले जनता माझ आफ्ना कुरा शान्तिपूर्ण तरिकाले राखिरहेको जिकिर गर्नुभएको छ ।

उक्त दलित मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलन २७,२८ र २९ गते गरी तीन कैलालीको धनगढीमा हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal