प्रकाश न्यौपाने ,कार्तिक २७,नवलपरासी ।
नवलपरासीको बर्दघाट वाड नम्बर ०९ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाले सरावल गाउपालिकामा रहेको बासाबसाहि र प्रतापपुर गाउपालिकामा रहेको गोपिगन्जमा सेवा केन्द्रको उद्धाटन गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता एव सबिधान सभा सदस्य बिक्रम खनालले नेपाली काङ्ग्रेसकै कारण सहकारी मैलाएको बताउनु भएको छ । नेपालमा २०१० सालमा कृषि बिकास मन्त्रालय अन्तर्गत सहकारी बिभागको स्थापना गर्ने तत्कालीन नेपालि काङ्ग्रेसका सभापति विपि कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउदै उहाले नेपाली काङ्ग्रेसले २०४६ सालमा भएको राजनीतिक परिवर्तन पछि नेपाली काङ्ग्रेसका सभापति गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री र नेपाली काङ्ग्रेसका नेता डाक्टर रामसरण महत अर्थ मन्त्री रहदा लिइएको तिन खम्बे अर्थ नितिकै कारण नेपालमा सहकारीको बिकास भएको नेता खनालले बताउनु भयो ।
जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको सरावल १ बसाबसाइ र प्रतापपुर २ गोपिगन्जमा सेवा केन्द्रको समुद्घाटन गर्दै नेता खनालले नेपाली काङ्ग्रेसले तिन खम्बे अर्थ नितिमा सहकारीलाई लिनु नै सहकारीको बिकासमा कोशेढुङ्गा सबित भएको बताउदै उहाले सहकारी मार्फत करिब ६ खर्वको पुजी संकलन र परिचालन भएको र जसको परिणाम स्वरुप ६० हजार भन्दा बढीले रोजगारि पाएको बताउनु भयो ।
सहकारी मार्फत संकलन भएको पुजीले उत्पादनमा जोड सके आर्थिक बिकासका साथै रोजगारीको सिर्जना गर्न सकिनेमा उहाको जोड रहेको छ । पश्चिम नवलपरासीको बर्दघाट ९ मा रहेको जनकल्याण साकोसले शुक्रबार बसाबसाहि र शनिबार गोपिगन्जमा सेवा केन्द्रको समुद्घाटन गरिएको र अवको केहि दिनमा बर्दघाट र भटौलियामा सेवा केन्द्रको समुद्घाटन गरिने अध्यक्ष डिक बहादुर पाण्डेले बताउनु भयो । कार्यक्रममा पुर्व अध्यक्ष बद्री प्रसाद सुबेदि, नहिन्द्र ब   हादुर क्षेत्री, बालाकृष्ण लम्साल लगायतले बोल्नु भएको छ ।
कार्यक्रम सस्था अध्यक्ष डिक बहादुर पाण्डेको अध्यक्ष रहेको कार्यक्रमको संचालन सचिब दिपक क्षेत्री र स्वागत मन्तव्य उपाध्यक्ष मनमाया सुबेदिले गर्नु भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार