कार्तिक २७ वालिङ।कामना सेवा बिकास बैंकले जेष्ठ नागरिकलाइ न्यानो कपडा तथा खाद्यान्न बितरण गरेको छ। बैंकले स्याङ्जाको रामनदी धाममा रहेको जेष्ठ नागरिकलाई गरिएको हो।
कामना सेवा विकास बैंक लिमिटेड शाखा कार्यालय वालिङ र झलुङ्गे शाखाद्दारा रामनदीधाम राम्दीका जेष्ठ नागरिकहरूलाइ न्यानाे कपडा तथा खाद्यान्न वितरण गरिएको हो ।

आर्थिक कारोबार सङगै सामाजिक कार्यलाई अगाडि बढाउने उद्देश्यका साथ खाद्यान्न र न्यानो कपडा बितरण गरेको गरेको बैंकका झलुङ्गे शाखा प्रमुख दिपेन्द्र पराजुलीले जानकारी दिनुभयो।

खाद्यान्न तथा न्यानो कपडा बितरण कार्यक्रममा बैंकका सेयर सदस्य खगुपती न्यौपाने ,शिवलाल डुम्रे,ॠषिराम खनाल श्याम लाल खाफ्ले सहित झलुङ्गे र वालिङ शाखामा कर्मचारीको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार