गणेश एसके,कार्तिक २५ कैलाली ।नेपाल कम्युनिस्ट पार्टीको कैलाली कञ्चनपुरको संयुक्त आयोजनामा नेपाल सरकारले बढाएको पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरुद्धमा कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरेको छ ।

नेकपा ले उक्त मूल्यवृद्धिको विरुद्धमा पार्टीको केन्द्रिय निर्णय अनुसार चरणबद्ध आन्दोलन को घोषण गरेको छ । सो केन्द्रिय निर्णय बमोजिम आज विरोध प्रदर्शन गरेको हो ।

उक्त विरोध प्रदर्शन को कोण सभामा अखिल क्रान्तिकारी का केन्द्रिय सचिव वीरेन्द्र शाह ले सम्बोधन गर्दै आजको दिनमा जसरी अहिलेको दलाल सरकारले गरीब ,किसान,निमुखा र सर्वहारा वर्गका जनताको हित विपरित जसरी निर्णय लिई महिनै पिच्छे मूल्य वृद्धि गरेको छ त्यसलाई तत्काल खारेज गर्नुपर्ने बताएका छन् । उक्त मूल्य वृद्धि तत्काल नरोके पार्टीले गम्भीर तरिकाले आफ्ना संघर्षका कार्यक्रम हरुलाई अघि बढाउने चेतावनी दिएका छन । सो विरोध प्रदर्शन मा दुवै जिल्लाहरूका नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार