परासी , २५ कात्तिक ।नेपाली कांग्रेसले पश्चिम नवलपरासीमा १४ औं महाधिवेशनका लागि प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय प्रतिनिधिको उम्मेदवारहरुको घोषणा गरेको छ । कण्डेल समुहले परासिमा एक कार्यक्रम गरि उम्मेदवारहरुको घोषणा गरेको हो ।

पार्टीका केन्द्रिय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्य र जिल्ला सभापति विष्णु पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमबाट पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं.२को संघीय क्षेत्रीय कार्यसमिति र त्यस अन्तर्गत दुई प्रदेश सभा निर्वाचन क्षेत्र क र ख को क्षेत्रीय कार्यसमितिका लागि उम्मेदवार घोषणा गरिएको नेपाली कांग्रेसले जनाएको छ।

जस अनुसार संघीय अर्थात प्रतिनिधिसभा क्षेत्र नं .२ को क्षेत्रीय कार्य समितिको सभापति पदमा माधव पाण्डेलाई उम्मेदवार घोषणा गरिएको छ।हाल सोही कार्यसमितिको क्षेत्रीय सचिव रहनुभएका पाण्डेले आगामी महाधिवेशनमा क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिनुभएको हो ।यसैगरी संघीय क्षेत्रीय कार्यसमितिको सचिवमा प्रदीप क्षेत्री र भरत पौडेल,सहसचिवमा उपेन्द्र गुप्ता र नरेश भट्टराईलाई उम्मेदवार बनाईएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गत २(क)को क्षेत्रीय सभापतिमा कृष्णनारायण श्रेष्ठको उम्मेदवारी घोषणा भएको छ । उक्त क्षेत्रीय समितिको उपसभापतिमा बेगबहादुर पुन र भेषनारायण चौधरी , सचिवमा मकसुधन चौधरर देव भट्टराई तथा सहसचिवमा दीपेन्द्र चौधरी र रामचन्द्र सापकोटालाई उम्मेदवार बनाईएको छ ।

प्रदेश २( ख)क्षेत्रीय सभापतिका लागि रामचन्द्र प्रसाद केवट (चन्दु),उपसभापतिमा रामकृपाल गिरी र विनोद गुप्ता,सचिवमा अनिता तिवारी र भण्डारी पासी,सहसचिवमा दीपक यादव र केदारनाथ यादव (पप्पु)लाई उम्मेदवार बनाईएको छ ।

कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रको मंसिर ३ गते र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मंसिर ६ गते अधिवेशन हुँदैछ ।

पश्चिम नवलपरासी कांग्रेसको महाधिवेशनमा वडा तहदेखि नै केन्द्रिय सदस्य कण्डेल र संविधानसभा सदस्य विक्रम खनाल पक्षबीच प्रतिस्पर्धा भईरहेको छ । खनाल पक्षले पनि उम्मेदवारी घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार