कार्तिक २५ बर्दघाट।अखिल(क्रान्तिकारी)नवलपरासी जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक सम्पन्न भएको छ।

बैठकका प्रमुख अतिथि जिल्ला सेक्रेटरी धीरजले अहिले शिक्षामा देखिएको विकृति बुर्जुवा शिक्षा र पुँजीवादी शिक्षाले निम्त्याएको समस्या हो।यसको समाधान वैज्ञानिक समाजवाद शिक्षा हो र यो शिक्षा प्राप्तिका लागि अहिलेको दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना अनिवार्य रहेको बताउनु भयो। साथै सम्पूर्ण विद्यार्थीहरुलाई एक भएर वैज्ञानिक समाजवादी शिक्षाको निम्ति लाग्न प्रेरित गर्नु भयो।

बैठकमा विशेष अतिथि संगठनको केन्द्रिय कोषाध्यक्ष रुपाले प्रशिक्षण सहितको आफ्नो मन्तव्य राख्दै शिक्षामा अहिलेको दलाल संसदीय व्यवस्थाको दलदलमा फसिरहेको बुर्जुवा शिक्षाको अन्त्य गरी वैज्ञानिक समाजबादी शिक्षाको स्थापना गर्नु आम विद्यार्थीको दायित्व भन्दै अहिलेको शिक्षा दलालि विरुद्ध एकजुट भएर लाग्नु पर्ने उहाले बताउनु भयो। अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य एवं नवलपरासी इन्चार्ज विकल्पले राजनीतिक एवं शैक्षिक गतिविधि बारे प्रशिक्षण दिनुभएको थियो ।

सन्देश सापकोटाको अध्यक्षता एव संचालनमा भएको बैठकमा नेकपा नवलपरासी सेक्रेटरी धिरजको प्रमुख आथित्यता रहेको थियो भने विशेष अथिती अखिल(क्रान्तिकारी)कि केन्द्रिय कोषाध्यक्ष रुपा बुढा मगर ,अथितिहरु अखिल(क्रान्तिकारी) नवलपरासी इन्चार्ज विकल्प ,नेकपा बर्दघाट इन्चार्ज प्रताप,सरावल इन्चार्ज अनिल ,युवा संगठन संयोजक बिजय,जनपत्रकार संगठन नवलपरासी अध्यक्ष प्रदिप पाठक लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा नवलपरासी संयोजक सन्देशले संगठनको केन्द्रिय सर्कुलर अध्ययन र जिल्लाको रिपोर्ट राख्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार