कार्तिक १६ वालिङ।नेकपा वालिङ नगर भेला सम्पन्न भएको छ । भेलाले मोहन मिसनको नेतृत्वमा २१ सदस्सिय नगर कमीटि गठन गरेको छ ।

स्याङ्जाको वालिङ नगर भेलाको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा स्याङ्जा जिल्ला सेक्रेटरी रूवेलले अहिलेको बिग्रदो राजनीतिक अवस्थामा युवाहरू नेतृत्वमा जानुपर्ने र समग्र राजनीतिक ब्यवस्थामा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो।
नेपालमा सत्ताका लागि धेरै परिवर्तनहरु भए तर जनताको जीवनस्तरको लागि कुनै पनि परिवर्तन भएन त्यसैले एकिकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको बताउँदै यसको लागि हाम्रो भुमिका रहेको भन्दै जनस्तरबाट लाग्नुपर्ने बताउनुभयो।

भेलामा सहिद तथा वेपत्ता परिवारको तर्फबाट नारन पराजुली, पत्रकार ध्रुव गौडेल लगायतले बोलेका थिए।जिल्ला कार्यलय सचिव कमरेड सागरको संचालनमा शुरु भएको कार्यक्रममा वालिङ नगरपालिका भित्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार