कार्तिक १५ नवलपरासी।नेकपा केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द”बिरजंग”प्रती समर्पित श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली शिर्षकको गित सार्वजनिक छ।नेकपा केन्द्रीय सदस्य,गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक गर्नु भएको छ।

उक्त गीत चिरन पुनको युट्युब च्यानलमा राखेर सार्वजनिक गरिएको छ ।

बीरजंगको क्रान्तिप्रतिको चट्टानी अडान र वैचारिक आदर्शलाई मर्मस्पर्शी शब्दहरुमा उनेर पुनले गीतका रुपमा प्रस्तुत गर्नुभएको हो।

गीतमा पुनले कमरेड वीरजंगप्रति शीर उचाली श्रद्धाञ्जली व्यक्त गर्दै उहाँ पहाडजस्तै चुनौतीलाई पचाउदै कहिल्यै ननिभ्ने तारा जस्तै अजर अमर जस्तै चम्किरहने योद्धाका रुपमा प्रस्तुत गर्नुभएको छ ।

गीतमा कमरेड बीरजंगको निधनले फूलझरेको रित्तो बगैचा र साथी छुटेको खल्लो पंक्षीजस्तै भएको र कमरेड वीरजंगको मृत्यु सागरजस्तै गहिरो भएको भाव रहेको छ ।

कमरेड बीरजंगले हिँडेको बाटो कहिल्यै नभुल्ने प्रण गीतमा गरिएको छ ।यसअघि गीतकार एवं संगीतकार चिरन पुनको सयौं क्रान्तिकारी गीत र एल्बमहरु सार्वजनिक भइसकेको छन् । गित:

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार