ट्रेन्डीङ्ग

स्याङ्जाको गल्याङ्गमा हात्तीस्थान तामेकोट समिट हुने

कार्तिक १२ स्याङ्जा । स्याङ्जा जिल्लाको गल्याङ्ग-५ स्यालबासमा हात्तिथान तामेकोट समिट हुने भएको छ।हात्तीस्थान फाउण्डेसनले स्याङ्जाको पर्यटकीय क्षेत्र स्यालबासमा“हात्तीस्थान तामेकोट समिट” गर्ने निर्णय गरेको हो।फाउण्डेसनको शुक्रबार बुटवलमा बसेको बैठकले आगामी पुष १५, १६ र १७ गते समिट (सम्मेलन) गर्ने निर्णय गरेको हो। स्याङ्जाको धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्र स्यालबास, तामेकोटको प्रचारप्रसार, त्यसको संरक्षण, संवद्र्धन र विकासका लागी समिट गर्न लागिएको फाउण्डेसनका अध्यक्ष डा. शिवशंकर बस्यालले बताउनु भएको छ। अध्यक्ष बस्यालले समिटमा पर्यटकीय तथा ऐतिहासिक क्षेत्र स्यालबासमा आयोजना हुने समिटमा पर्यटन, कृषि, कला, साहित्य, विज्ञान प्रविधि, शिक्षा, सूचना, खेलकुदलगायत बिषयमा बृहत छलफल हुने बताउनु भएको छ । अध्यक्ष बस्यालले सम्मेलनमा देशभरका विभिन्न क्षेत्रका बौद्धिक तथा प्राज्ञिक वर्ग,विभिन्न राजनीतिक दलका नेताहरु,सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि र राज्यका महत्वपूर्ण क्षेत्रमा अनुभव गरेको विभिन्न व्यक्तित्वहरुको सहभागिता रहने बताउनु भएको छ । समिट (सम्मेलन) मा विभिन्न कार्यपत्रहरु प्रस्तुत हुनेछन् र कार्यपत्रहरुमाथि विभिन्न व्यक्तित्वहरुले धारणा राख्ने फाउण्डेशनले बताएको छ । स्यालबास क्षेत्रबाट स्याङ्जालगायत सिंगो पश्चिम क्षेत्रको पर्यटकीय विकास र विस्तारको सम्भाव्यतालाई टेवा पुर्याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको अध्यक्ष बस्यालले बताउनु भएको छ। फाउण्डेसनमा उपाध्यक्ष ढाकाराम न्यौपाने,सचिव जयप्रकाश भट्टाई, सहसचिव शिवलाल लम्साल,कोषाध्यक्ष ऋषिराम बस्याल लगायतको कार्यसमिति रहेको छ । फाउण्डेसनले समिट सम्पन्न गर्न विभिन्न क्षेत्रमा आर्थिक सहयोगको अपील समेत गर्ने बताएको छ। स्याङ्जाको स्यालबास सांस्कृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको छ । स्यालबास क्षेत्रमा ऐतिहासिक दरवारको अवशेष र ढुंगाका आकर्षक कलाकृतिहरुको अनुपम सौन्दर्यहरु रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal