ट्रेन्डीङ्ग

नकुल ढकाल नवीनको”दोहोरीको राजा”बजारमा

नवलपरासी । सर्जक तथा गायक नकुल ढकाल नबिनको “दोहोरिको राजा” सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार पशुपती शर्मा र लक्ष्मी मल्लको आवाजमा रहेको दोहोरिको राजाको भिडियोमा लोमश शर्मा र अन्जली अधिकारी राजा रानी भएर आएका छन ।

भगवानका पालामा जुन बाइसौ चोबिस्यौ राज्यलाई एकीकरण गरे पछि एउटा सिङो नेपाल देश बनाउन सफल भएको घटनालाई कल्पना गर्दै अडियो बनेको छ भने अडियो अनुसार भिडियोमा राजाको पोशाक झन आकर्षक बनेको छ ।

भिडियोको मुख्य राजारानी लोमस र अञ्जली अधिकारी छन भने सहायकमा सुरबिर पन्डित, नकुल ढकाल नवीन, रबि कार्की , असिम श्रेष्ठ ,शितल शर्मा, शोभा ढकाललाई देख्न सकिन्छ ।

नकुल ढकाल नबिनको को शब्द रहेको गितमा हेमन्त रशाइली कान्छा ले लय, एरेन्ज र सारङ्गीमा साथ दिएका छन ।

निशान घिमिरेले निर्देशन गरेको भिडियो लाई उत्सभ दहालले छायांकन गरेका छन भने भिडियो समित स्नेह इन्टरटेन्टमेन्टको अफिसियल च्यानलबाट बजारमा आएको छ ।भिडियो:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?