कार्तिक १० बर्दघाट । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रिय सदस्य स्वर्गीय विरजंगको नवलपरासीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।स्व.विरजंगको बर्दघाटमा श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको हो।

नेकपा नवलपरासी जिल्ला कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली सभालाइ सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी/नवलपुर इन्चार्ज सरद ओलिले स्वर्गीय बिरजंगले वर्ग सङ्घर्ष एवं पञ्चायती निरंकुशता ,१० बर्ष जनयुद्ध र नेपालको सामान्ती राजतन्त्रका विरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका र क्रान्तिकारी पार्टी निर्माणमा गर्नु भएको योगदान,दलाल पुजीवादी सत्ताको अन्तका लागि बैज्ञानिक समाजवादको लक्ष्यमा पुग्ने सपना पुरा गर्न सबै नेताकार्यकर्ता गोलबन्द हुँदै उहाले छोडेको बाकी कार्यभार श्रमजीवी किसान मजदुर उत्पीडित बर्गलाई अगाडि बढाउन पर्न बताउनु भयो ।
बिरंजङ्ग अत्यन्त इमानदार छवि भएका नेता क्रान्तिकारी पार्टी निर्माण र कम्युनिस्ट आन्दोलनका योद्धा,क्रान्तिका अभिभावक एवं कुशल संगठकको दृढतालाई पार्टी अगाडि बढाएको एकीकृत जनक्रान्तीको कार्यदिशालाइ अगाडि बढाउने बताउनु भयो ।

ओलिले स्व.नेता बिरजगको मृत्युको कारण अमानवीय व्यवहार भएका राज्यसत्ता र शासकहरु पनि दोषी भएको बताउनु भयो।करिब साढे २ बर्ष महिनाम भएको जेल जिवनमा समयमा उपचार नपाएकोले निधन भएको बताउनु भयो ।

नेकपा नवलपरासी सचीवले विरंजगको जिवनी र पार्टीमा गर्नु भएको योगदान बारे जानकारी गराउनु भएको थियो।

अन्य वक्ताहरुले महान नेता स्वर्गीय बिरजङ्ग देश र जनताको पक्षमा निस्वार्थ स्वभावका हक्की र इमान्दार नेता गुमाउएका छौ,नेताको निधनले पार्टीलाई मात्र नभइ कम्युनिस्ट आन्दोलन लाईनै अतुलनीय क्षेती बेहोर्नु परेको वक्ताहरुले भने उहाले देखाएको बाटो अडिग भइ लाग्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी/नवलपुर इन्चार्ज सरद ओलि,नेकपा जिल्ला सदस्य एवं दलित मोर्चाका केन्द्रिय सदस्य रामप्रीत,अखिल क्रान्तिकारी नवलपरासी इन्चार्ज विकल्प खत्री,नवलपुर श्रीराम बस्याल पार्टीका भुतपुर्व इन्चार्ज सुमन लगायत नेताकार्यकर्ता लगायत सुभचिन्तकको उपस्थित रहेको थियो।
नेकपा नवलपरासीका सचीव धिरज रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा जिल्ला सदस्य प्रतापले गर्नु भएको थियो।
नेकपाको आयोजनामा नेता बिरजंगको सम्मानमा देशभर श्रद्धाञ्जलीसभा कार्यक्रम गरिएको छ ।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका विरजंगको गत असोज २८ गते ६१ वर्षको उमेरमा उपचारको क्रममा भारतको दिल्ली स्थित म्याक्स अस्पतालमा निधन भएको थियो।बिरजगं नेकपा महासचिव विप्लवका सहोदर जेठा दाजु हुन् ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार