कमल विक,अछाम,कार्तिक १०। नेपाल कम्युनिस्ट पार्टी अछामले नेकपाका बरिष्ठ केन्द्रीय सदस्य चन्द्र ब. चन्द( वीरजंग) को सम्झनामा श्रदाञ्जली सभा सम्पन्न गरेकाे छ। बुधबार अछामको तुर्माखाद बजारमा सम्पन्न गरिएको हो।

वीरजंग लामो समयको हिरासत बसाइँमा रहँदा मुटुको समस्या देखा परेको थियो । उहाँ पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा भइसके पछि रिहा भएर उपचार गराई रहनु भएको थियो।लामो समयको हिरासत बसाईमा रहँदा उहाँको समयमा उपचार हुन सकेको थिएन।

यसै क्रममा भारतको मयाक्स हस्पिटलमा उहाँको २०७७ असोज २८ गते असमाहिक निधन भएको थियो।

सभाका प्रमुख अतिथि नेकपा अछामका सचिव तपेन्द्र तिमिल्सिना संगर्सले वीरजंगको निधनले नेपालकाे परिवर्तनकारी आन्दोलन हरुलाइ अतुलनिय क्षति पुगेको बताउनु भएको छ। उहाँले नेपाली क्रान्तिमा खेलेको भूमिकाको स्मरणगर्दै उनले वीरजङ्ग नेपाल कम्युनिस्ट पार्टीको मात्र नेता नभएर नेपाली सर्वहारा वर्गको नेता भएको र उहाँले नेपाली समाजवादी क्रान्ति पूरा गर्नको लागि व्यक्तिगत सबै खालका लोभलाचल त्यागेर सामूहिक जीवनमा लाग्नु भएको हाम्रो आदर्शको पात्र जनता र क्रान्तिप्रतिको उहाँको चिन्ता हामी सबैले अनुसरण गर्नुपर्ने बताए।उनले उहाँको अधुरो सपना पूरा गर्न एकीकृत जनक्रान्ति पूरा गर्नु अनिवार्य बनेको र तपाईं हामी सबैको काँधमा यो जिम्मेवारी थपिएको वताउनु भएको छ।

उहाँले बर्तमान समयमा देश दलाल संसदीय व्यवस्थाका कारण संकटमा परेको कुरा स्पष्ट पार्दै अबको विकल्प वैज्ञानिक समाजवादी राज्यसत्ता मात्रै रहेकाे र वैज्ञानिक समाजवाद संसारकै उत्कृष्ट व्यबस्था भएको बताउनु भएको छ। वैज्ञानिक समाजवादले राज्य र जनताका सवै समस्या हल गर्ने भएकाले जनमत संग्रह मार्फत बैज्ञानिक समाजवाद तिर जानुपर्ने बताउनु भएको छ।

उक्त श्रद्धाञ्जली सभामा नेकपा एमालेका प्रतिनिधी गौमती शाही, नेपाली काँग्रेसका गाँउ कमिटी सभापति कविराम बयक,नेकपा माओवादी केन्द्रका गाँउ कमिटी अध्यक्ष धरणीधर जैशी लगाएतका अतिथि रहनुभएको भएको थियो।

दलित मुक्ति मोर्चा नेपाल अछामका अध्यक्ष दिलिप बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी अछामका कार्यालय सचिव लोकेन्द्र बहादुर शाहीले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रमको संचालन नेकपा अछामका सचिवालय सदस्य निरक शाहीले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार