ट्रेन्डीङ्ग

तुलसीपुर बस दुर्घटनामा एक जनाको मृत्यु, २१ घाइते

दाेर्ण केसी, तुलसीपुर,७ कार्तिक। तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।भने २१ जना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिएका छन ।

मृत्यु हुनेका घोराही उपमहानगरपालिका १० कटुकी बस्ने बर्ष २८ का प्रेम परियार रहेको प्रहरीले बताएको छ।घोराहीदेखि तुलसीपुरतर्फ आउदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस ५:३० बजे दुर्घटनामा परेको हो ।

बसमा सवार २१ जना घाईतेको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा हुँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal