ट्रेन्डीङ्ग

विप्लव नेकपा रोल्पाको राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

कार्तिक ६ रोल्पा ।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति राेल्पाकाे जिल्ला स्तरिय राजनितिक तथा वैचारिक प्रशिक्षण सदरमुखाम लिबाङमा सम्पन्न भएको छ ।

जिल्ला स्तरिय नेता कार्यकर्तालाई प्रशिक्षण दिनका लागि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय धर्वेन्द्र वास्ताेला(कन्चन )राेल्पा पुगेका छन् ।सचिवालय सदस्य कन्चनकाे प्रमुख आतिथ्यता एवं केन्द्रीय सदस्य तथा राेल्पा इन्चार्ज सुवासकाे बिशेष आथित्यतामा चलिरहेकाे प्रशिक्षणमा पार्टी जिल्ला र इलाका स्तरका सदस्यहरूकाे सहभागिता रहेकाे जिल्ला सेक्रेटरी दीनेश बिक्रम चन्दले जानकारी दिए ।

नेपाल सरकारले नेकपा माथि लगाएकाे करिव २ बर्षकाे प्रतिबन्ध फुकुवा तथा काेराेना माहामारि पश्चातकाे याे पहिलाे केन्द्रीत कार्यक्रम हाे ।

नेपाल कम्युनिष्ट पार्टीले एकिकृत जनक्रान्ति मार्फत देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य सहित आफ्नाे राजनैतिक गतिविधि गरिरहेकाे छ ।

हालकाे संसदीय व्यवस्थालाई दलाल व्यवस्थाकाे संज्ञा दिएकाे नेकपाले संसदीय दलाल व्यवस्थाकाे विकल्पमा वैज्ञानिक समाजवादका लागि जनमत संग्रह गर्ने कार्यनीति लिएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?