दिपेन्द्र सिंह जाजरकोट ६ कार्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल जाजरकोटको पाचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

“दलालिकरण,भ्रष्टिकरण र माफियाकरणका विरुद्ध सशक्त जुझारु युवा संगठन”एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवाद स्थापनाका लागि पाचौँ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ भेरी नगरपालिका १ रिम्नामा सम्मेलन सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टिका केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज संगम आरसी, अथिती नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका सेक्रेटरी अनन्त, अथिती दीप लगायतका अथिती रहेको कार्यक्रममा जिल्लाका सातैवटा स्थानिय तहबाट प्रतिनिधि प्रबेक्षकको उपस्तिथि रहेको थियो ।

सोही सम्मेलनबाट नवनिर्बाचित अध्यक्ष डिल्ली राना ,उपाध्यक्ष कपिल शाही सचिब प्रबिन पुन,स-सचिब गोबिन्द शाही कोषाध्यक्ष उमा वली लगाएत १९ जनाको जिल्ला कमिटी निर्माण भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार