असोज २५ बुटवल । लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सुकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ।

सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले बुटवलको रुपन्देही मोतिपुरका वास्ताविक सुकम्बासीको समस्या हल गर्न भन्दै कार्यदल निर्माण गर्न निर्देशन दिनुभएको हो।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्माण हुने समस्या सामाधान सुझाव कार्यदलमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपेन्देहीका प्रतिनिधी,नापी कार्यालय रुपन्देही प्रतिधिनी,औद्योगिक ग्राम रुपेन्देहीका प्रतिनिधी,भूमिहिनका प्रतिधिनी लगायतको टोली सम्मेलित हुने छन।

यसैगरी प्रदेश सरकारकाबाट मृतकका परिवारलाई जनही १ लाख राहत प्रदान गरिने भएको छ भने दुवै पक्षबाट भएका घाइतेहरुको उपचारको जिम्मेवारी पनि राज्यले लिने बैठकले निर्णय गरेको छ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले घटना संवेदनशील भएकाले आगामी दिनको लागि सतर्क हुन र सबैलाई संवेदनशील बन्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार