ट्रेन्डीङ्ग

वालिङमा जिप दुर्घटना २ को मृत्यु,१७ जना घाइते

असोज २४ स्याङ्जा ।स्याङ्जाको वालिङमा जीप दुर्घटनामा परेर २ को मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।

वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्वरको जीप वालिङ १० मदिखोलामा दुर्घटनमा परेको हो ।

दुर्घटनमा परी गल्याङ ९ का ३२ बर्षीय गंगी पल्ली र सोही ठाँउका ७७ बर्षका दल बहादुर पल्लीको घटनास्थलमा नै ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक हरि प्रसाद पौडेलले जानकारी दिनुभयो।
त्यसै गरी तीन जना घाइतेको अवस्था चिन्ताजनक,१३ को मध्यम र जीप चालकको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले बताउनुभयो।घाईतेहरुको उपचारका लागि गह्रौ प्राथमिक अस्पताल गरिएको छ।
जीप उकालोमा ब्रेक फेल भएर झण्डै ५ सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?