ट्रेन्डीङ्ग

तीनबुँदे सहमति प्रति सरकार गैरजिम्मेवार भयो:नेता महान

गणेश एसके,असोज २४ ,कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्ला इन्चार्जले तिनबँदे सहमति प्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाउनु भएको छ ।नेकपा शुक्लाफाँटा नगर समिति,कञ्चनपुरद्वारा आयोजित दसैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज महान चौधरीले आफ्नो पार्टी र नेपाल सरकार संग भएको तीनबुँदे सहमति प्रति सरकार पूर्ण रुपमा गैरजिम्मेवार भएको बताएका हुन।

नेकपा र सरकार बीच सहमति भएको महिनौ बितिसक्दा पनि कार्यान्वयन नगर्नु सरकारको अनैतिक लाचारीपन रहेको उहाँको टिप्पणी थियो। सो सहमति कार्यान्वयन नगरे त्यसबाट सिर्जित जुनसुकै परिस्थितिको जिम्मेवार सत्तामा बसेकाहरू हुनुपर्ने चेतावनी दिएका छन।

हाम्रो पार्टीको वैज्ञानिक समाजवादनै मुख्य नारा छ । हाम्रो पार्टी कुनै पनि परिस्थितिमा यसै संसदीय व्यवस्थामा जाने कुरा बिल्कुलै छैन । बरु संयुक्त प्रगतिशील सरकार मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि कार्यनीतिक योजना रहेको बताएका छन।

भ्रष्टाचार,घुसखोरी र दलालका विरुद्ध निर्मम तरिकाले संघर्ष गर्ने बताएका छन् । त्यसैगरी सुभकामना मन्तव्य अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश जप्रेल,विशेष कमिटी सदस्य कमल विकले राखेका थिए ।उक्त सुभकामना आदानप्रदान कार्यक्रममा शुक्लाफाँटा नगर इन्चार्ज धन बहादुर रानाले अध्यक्षता गरेका थिए भने कार्यक्रम सञ्चालन लोकेन्द्र विकले गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal