असोज २४ काठमाण्डाै । तिव्र आलोचना भएपछी नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने बताउनुभएको छ ।
असोज २२ गते मन्त्रिपरिषद्लाई पूर्णता दिँदै प्रधानमन्त्री देउवाले उद्योग मन्त्रीमा गैरसांसद हमाललाई समेट्नु भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोपपछि हमालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताउनुभएको हो । आफ्नै विवेकले राजीनामा दिने निर्णयमा पुगेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार