रमेश भुसाल,असोज २३ सुनवल । सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.सुुनवल १ को २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा वोल्दै प्रमुुख अतिथि सुुनवल नगरपालिकाका नगरप्रमुुख भिम वहादुर थपाले सहकारी संख्यामा मात्रै नभई गुणस्तरमा जोड दिनुुपर्ने बताउनुुभयो। संस्थाको शेयर सदस्यभएकोमा गर्व महशुश गर्ने अवस्था ल्याउनुुपर्नेमा नगर प्रमुख थापाको भनाई थियो । सवै शेयर सदस्य जिम्मेवार नबनेसम्म संस्था जिम्मेवारी नहुुने भन्दै सहकारीलाई मजवुुद बनाउँन सवै शेयर सदस्यहरु जिम्मेवार वन्नुुपर्ने नगर प्रमुुख थापाले बताउनुुभयो ।

सुनवल नगरपालिकाले औद्योगीक ग्राम स्थापना गर्ने र त्यसमा एक हजार महिलाले रोजगारी पाउने गरी गार्मेन्ट उद्योग पनि संचालन गर्ने योजना रहेको भन्दै त्यसमा सहकारीको मुख्य भुमिका रहने नगर प्रमुुख थापाले बताउनुुभयो ।

नगरप्रमुख थापाले आफ्नो कार्यकालमा शुसानको क्षेत्रमा उल्लेख्य काम गरेको बताउदै महिला बालवालिका र अपाङगहरुलाई प्रथमिकतामा राखेर काम गरेको बताउनुुभयो । त्यस्तै आफ्नो कार्यकालको सम्पुर्ण समिक्षा सर्वजनिक सुुनुवाई मार्फत सार्वजनिक गर्ने बताउनुुभयो ।

त्यस्तै कार्यक्रममा जिल्ला सहकारी संघका संचालक समिति सदस्य नरायण थापाले आफु संस्थापक भएर स्थापित संस्था आजको अवस्था सम्म आइपुुग्न सहयोग पुुर्‍याउनुु हुुने शेयर सदस्य र संचालक समितिलाई धन्यवाद दिदै संस्थाको उत्तर उत्तर प्रगतिको कामना गर्नुुभयो ।

साधरण सभामा लेखा सुुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन लेखा संयोजक कृष्ण प्रसाद शर्माले प्रस्तुत गर्नुुभएको थियो । त्यस्तै कार्यप्रगति प्रतिवेदन संस्थाका सचिव नरायण पौडेलले प्रस्तुुत गर्नुुभएको थियो भने कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष कमला थापाले प्रस्तुुत गर्नुूभएको थियो । शेयर सदस्यहरु बाट प्राप्त सल्लाहा सुुझाब तथा जिज्ञासालाई संस्थाका उपाध्यक्ष रमेश कर्माचयाले पेश गर्नुूभएको थियो ।

वि.स २०५७ साल भाद्र ३१ गते स्थापना भएको संस्थामा शेयर सदस्य २ हजार ७ सय ९६जना रहेको छन् । संस्थाको शेयर रकम रु ३ करोड ६५ लाख ५७ हजार ५ सय रुपौया रहेको छ भने कुल वचत रकम २९ करोड २४ लाख ४६ हजार ८ सय ८६रहेको छ । त्यस्तै ऋण लगानी २७ करोड ३४ लाख ५४ हजार ९ सय ५६ रहेकोमा संस्थाको शुुद्ध नाफा (कर अघिको) ७६लाख २ हजार ९ सय रुपौया रहेको संस्थाका व्यवस्थापक टिकाराम तिमिल्सिनाले जानकारी दिनुुभयो ।

त्यस्तै त्यस्तै २१ साधरण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ।जसको अध्यक्षमा पुुन कृष्ण प्रसाद पौडेल सर्वसम्मत रुपमा अध्यक्ष हुुनुुभएको छ । त्यस्तै उपाध्यक्षमा नारायण पौडेल, सचिवमा रमेश कर्माचर्या , कोषाध्यक्षमा कमला थापा सर्वसम्मत रुपमा निर्वाचित हुनुुभएको छ । त्यसै गरि सदस्यहरुमा मुरलीधर उपाध्यक्ष, जय वहादुर पुुन, विष्णुु पाण्डे पुरी, भुमिकला शर्मा, विनय अधिकारी निर्वाचित हुनुुभएको छ । त्यसैगरि कृष्ण प्रसाद शर्माको संयोजकत्वमा कृष्ण ढकाल र रीना भण्डारी गरी ३ सदस्यीय लेखा समिति चयन भएको निर्वाचन समितिका संयोजक कृष्ण वन्धुअर्यालले जानकारी दिनुुभयो ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार