असोज २० बर्दघाट। विप्लव नेतृत्वको नेपाल  कम्युनिस्ट पार्टीले नवलपरासीको बर्दघाटमा बिरोध सभा सम्पन्न गरेको छ।तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप बर्दघाटमा कोणसभा गरेको थियो ।

कोणसभाको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता रामप्रीतले जेल र हिरासतमा भएका सम्पूर्ण नेताकार्यकर्तालाई ३ बुद्दे सहमति अनुसार रिहाई गर्नु पर्ने माग गर्दै अब भ्रष्टाचारी कमिसन खोरिका दिन गएको बताए।भ्रष्टाचार कमिसनका गुनासा आएको हामिले जहाको त्यही कार्वाही गर्न चेतावनी दिदै भ्रष्टाचार बिरुद्ध जनतानै लाग्नु पर्ने बताए ।यो व्यवस्थाले जनताको अघिकार भोट हाल्ने मात्रै बनाएकोले चुनाव लड्न लाखौ खर्च गर्ने जनप्रतिनिधिहरु नितिगत भ्रष्टाचार र दलाली बनेको छन । लोकतन्त्र चुनावका कुरामा रमाउने पार्टी व्यक्ति होइन व्यवस्था बिच जनमत संग्रहमा जान समेत आनाकानी गरेको आरोप लगाए । जनताको अधिकार वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन भन्दै संयुक्त प्रगतिशील सरकार बनाइ जनमत संग्रह गर्न अपिल गरेका थिए ।

अर्का वक्ता नेकपा सदस्य गणेश ढकालले नेकपालाई तत्कालीन ओलि सरकारले फरक बिचार सहित दलाली भ्रष्टाचार र कमिसन बिरुद्द लागेकै कारण पार्टी माथि प्रतिबन्ध लगाएको थियो उनले भने । ३ बुद्धे सहमति भएको ७ महिना बिती सक्दा पनि सहमति लागु गर्ने यो सरकारनै गैरजिम्मेवारी बन्न खोजेको र सहमतिबाट पछाडी हट्दै राज्यको र जनताका लागि आवस्यक नभएको एमसीसी लागु गर्न खोजेको आरोप लगाउनु भयो ढकालले अमेरिकी सहयोग एमसीसी मार्फत नेपालमा युद्दको भुमरी बनाउन लागि परेको हुनाले खारेजीको माग गर्दै सहमतिको यथासिघ्र लागु गर्न माग गरेका छन।अर्का वक्ता बर्दघाट नगर कमिटी सदस्य गणेश पाठकले पार्टी सदैव बिकृती बिसंगती बिरुद्ध लाग्ने बताए।

कार्यक्रमको संचालन नेकपा जिल्ला सदस्य लोकमानले गरेका थिए।गत १८ गते प्रशासन कार्यलय अगाडि धर्ना एवं कोणसभा गरेको थियो सोही अनुसार नेकपाले आज बुधबार देशव्यापी कोणसभा आयोजना गरेको छ।

तत्कालीन ओलि सरकारले २०७५ फाल्गुन २७ गते देखि करिब ३ बर्ष प्रतिबन्ध लगाए पछी गत फागुन २१ गते सोही ओलि सरकारले नै प्रतिबन्ध फुकुवा गरे सगै नेपाल सरकार र नेकपाबीच ३ बुदेँ सहमति भएको थियो।नेकपाका झण्डै १२५ नेताकार्यकर्ता अझै पनि विभिन्न मुद्दामा जेल हिरासत रहेका छन।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार