ट्रेन्डीङ्ग

विप्लव नेकपा अछामद्वारा तीन बुद्दे कार्यनयन माग गर्दै विरोध प्रदर्शन

कमल विक अछाम/बुधबार २० असोज नेपाल कम्युनिस्ट पार्टी अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ। बुधबार जिल्लाको मंगलसैन बजारमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा विशाल र्याली निकालिएको थियो। नेकपाको पार्टी कार्यालयबाट शुरु भएको र्याली बजार परिक्रमा गरी बिच बजारमा कोण सभामा परिणत भएको थियो।
तिन बुँदे सहमति कार्यान्वयन गर, झुट्टा मुद्दा खारेज गर, राज बन्धी रीहा गर, लगाएतका नाराहरु लेखिएको ब्यानर सहित उपस्थित कार्यक्रताले नाराबाजी गरेका थिए।

 

कोण सभामा प्रमुख वक्ताको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले यो देशलाई दीर्घकालीन शान्ति र आमूल परिबर्तन चाहिएकोले यो कुरा दलाल संसदीय व्यवस्था बाट सम्भव नहुने बताउनु भएको छ। उहाँले देशमा बढीरहेको भ्रष्टाचार, महंगी, कालोबजारी, तस्करी , कर छली र वैदेशिक हस्तक्षेपको विराेध गर्दा दलाल सरकारले आफूहरूमाथि प्रतिबन्ध लगाइएको बताउनु भएको छ। आफूहरु हारेर थाकेर वार्तामा नआयको तर नेपाली जनताले आह्वान गरेको हुँदा आउँनु परेको कुरा स्पष्ट पार्नु भएको थियो। उहाँले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभए दलाल सरकार र त्यसका मतियार हरुले गोलिको आवाज सुन्न बाध्य हुनुपर्ने बताउनु भएको छ। उहाँले नेपालीभूमि कालापानी लिपलेक लिमपियाधुरामा नेपाल सरकारले जनगणना नगरेको प्रति आपत्ति जनाउँदै कडा सँगर्ष गर्ने चेतावनी समेत दिनु भएको छ।

उक्त सभामा अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य तथा कार्यालय सचिव लोकेन्द्र बहादुर शाही ले नेपालमा संसदीय व्यवस्था असफल भइसकेको यसको विकल्प वैज्ञानिक समाजवाद भएको हुँदा बैज्ञानिक समाजवादका लागि जनता आतुर रहेको कुरा बताउनु भएको छ। त्यसकालागि संयुक्त प्रगिशील सरकार मार्फत जनमत संग्रहमा जानुपर्ने बताउनु भएको थियो। उक्त कोण सभाको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य निरक शाहीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?