प्रविण विद्रोही,इलाम,२० असोज । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल इलामको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । आज बुधबार सम्पन्न सम्मेलनले मदन गजमेर बिद्रोहीलाई अध्यक्ष निर्वाचित गर्दै २१ सदस्यिय जिल्ला समिती गठन गरेको हो ।

सम्मेलनमा पार्टिका केन्द्रिय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै युवा संगठनका मेची/कोशी ब्युरो संयोजक सुबाश राइ, पार्टिका इलाम जिल्ला सेक्रेटरी जितमान राई मौसम र जिल्ला समितिका सदस्यहरु अतिथी रहेका थिए । सम्मेलनमा बोल्दै सुमनसिंहले इलाममा शहिदहरुको रगत , घाइते अपाङ्ग योद्दाहरुको योगदान , र आम इलामेली जनताको सपना जिंउदो रहेको स्मरण गर्दै यसको बलमा कायम रहेको कम्युनिस्ट जनमतलाई संसदवादी कम्युनिस्टहरुले भंजाएर खाइरहेको तर अब जनताको पार्टी जनताको बिचमा आइसकेको हुनाले जनता झुक्याउन नदिने उद्घोष गरे । उनले भने – “सुबाश नेम्वाङ्ग , र झलनाथ खनालहरुले इलामेली जनताको कम्युनिस्ट सपनालाई गुमारोहमा राख्नु भएको छ , अब हामी यो हुन दिंदैनौ ।”

युवाहरुलाइ संवोधन गर्दै सुमनसिंहले बलिदानमा उभिएको हाम्रो पार्टी जनताको मुक्तिदाता भएको हुनाले आफ्नो कुरा शान्तिपुर्ण ढङ्गले जनतामा लिएर जाने काम अब युवाहरुको रहेको बताए । जनताको कुरा शान्तिपूर्ण रुपमा भन्ने संभावनालाई दबाएको दिन बलिदानिपुर्ण संघर्षको निम्ति आंफुहरु तयार भएर बस्नु पर्ने बताए । उनले अब युवाहरुको कांधमा क्रान्तिको धेरै ठूलो अविभारा आएको निर्वाचित कमिटीले इलामेलि युवाहरुलाइ रास्ट्र र जनताको पक्षमा लड्ने नेतृत्व प्रदान गर्ने बिश्वास ब्यक्त गर्दै सफलताको शुभकामना ब्यक्त गरे ।

युवा संगठनका नेता सुवास राइ, पार्टिका जिल्ला सचिब मौसम, अनेमसंघ क्रान्तिकारिकी जिल्ला संयोजक मुनाले समेत सुभकामना ब्यक्त गरेका छन । सम्मेलनको संचालन बिनोद मगरले गरेका थिए । निर्वाचित कमिटिका सम्पुर्ण सदस्यहरुलाई संगठनका नेता सुबास राइले सपथग्रहण गराएका थिए।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार