ट्रेन्डीङ्ग

नेकपा(एस) सुनवल नगरको अध्यक्षमा टेक र सचीवमा ढकाल

सन्देश गुरुङ,सुनवल,१९ असोज ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)को प्रथम सुनवल नगर भेला सम्पन्न भएको छ। भेलाले टेक बहादुर पुन अध्यक्ष र सचीवमा केशव ढकाल सहितको ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ।

उक्त पार्टीका जिल्ला अध्यक्ष यज्ञ खनालको अध्यक्षता तथा जिल्ला ईन्चार्ज बृहस्पति अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त भेलामा प्रदेश सल्लाहकार मानबहादुर राना,पत्रकार महासंघका पूर्व सभापति कुलप्रसाद शर्मा,अनेमसंघकी केन्द्रिय सदस्य सरिता पौडेल,जिल्ला अध्यक्ष लक्ष्मी भुसाल,युवा संघका केन्द्रिय सचिव प्रकाश भट्टराई,पार्टीका जिल्ला सचिव कुमार आले लगायतले बोल्दै पार्टी विधि र प्रक्रिया अनुरुप चल्नुपर्नेमा जोड दिदैँ सुनवल नगरक्षेत्रको बिकाशका लागि सबै राजनीति दल संग सहकार्य गरेर अगाडि बढ्ने बताउदै,केही समय अघि विभिन्न मिडियाले पाटिको बारेमा गलत समाचार सम्प्रेषण गरेकोमा दुख व्यक्त गरेका थिए ।

नवगठित नगर समितिलाई जिल्ला अध्यक्ष यज्ञ खनालले सपथ खुवाउनु भएको थियो।कार्यक्रमको सन्चालन नेकपा(एस)का जिल्ला सचिव अर्जुन सुनारले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal