ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)द्वारा जाजरकोटमा कम्युनिस्ट विद्यार्थी अभियान संचालन

असोज १८ जाजरकोट ।नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)जाजरकोटले सन्चालन गरको कम्युनिस्ट बिद्यार्थी अभियान अन्तर्गत संगठन बिस्तार तथा छलफल कार्यक्रम जिल्लामा तिव्र रुपमा अघि बढाइएको छ ।

अखिल(क्रान्तिकारी)ले अभियानका क्रममा भेरि नगरपालिका ५ काफलचौरमा अवस्थित जाजरकोट प्राबिधिक शिक्षालयमा संगठन बिस्तार तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

उक्त प्राबिधक शिक्षालयमा जीवन चन्दको अध्यक्षतामा ४७ सदस्यीय मुल इकाई कमिटि गठन गरिएको छ जसको उपाध्यक्षमा प्रेमकला चलाउने,सचिव केशवराज कार्कि,सहसचिव वर्षा चन्द,कोषाध्यक्षमा निशा खडका रहनुभएको छ।

संगठनका केन्द्रीय सदस्य तथा जाजरकोट अध्यक्ष बिराजन शाहिको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष दिपेन्द्र सिंह,सचिब तिलक बिष्ट,सचिवालय सदस्य सुनिल सिंह लगायतको उपस्थित थियो।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शाहिले बिधमान नेपालको शैक्षिक अवस्था जनबिरोधि र आवश्यकता बिरोधि छ ।आमजनताको पहुच भन्दा टाढा रहेको छ र यसको सहि विकल्प बैज्ञानिक समाजवाद नै रहेको बताउनुभयो।

संगठनका जिल्ला उपाध्यक्ष दिपेन्द्र सिंहले समेत सम्बोधन गरेको कार्यक्रममा संगठनका सचिवालय सदस्य सुनिल सिंहले स्वागत मन्त्वय राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन संगठनका सचिव तिलक बिष्टले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal