प्रकाश थापा ,असोज १८ डोटी। विप्लव नेकपाले तीन बुदे सहमति कार्यान्वयन सम्बन्धि जिल्ला प्रशासन कार्यालय डोटी अगाडी धर्ना गरेको छ।नेकपाको केन्द्रिय कार्यक्रम अनुसार तिनबुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्ना दिएको हो ।

 

गत फागुन २१ गते तत्कालीन सरकारसँग पार्टीले तिनबुँदे सहमति गरेको तर सहमति भएको करिव सात महिनाको अन्तिम अवधिसम्म आईपुग्दा पनि पार्टीले सरकारसँग गरेको तिनबुँदे सहमति कार्यान्वयन गर्नुको साटो शान्तिपुर्ण राजनितिक बाटोलाई युद्धरत गतितिर धकेल्न खोजेको आरोप लगाउनु भयो। देउवा सरकारको रवैया एकपछि अर्को गरी संस्थागत रुपमा उदाङ्गिदै गएको छर्लङ्ग देखिएको हुदा त्यसकारण जनमतसंग्रहको वातावरण तयारमा पनि कुनै चासो नदेखाएको र त्यो विषयमा आफ्नो स्पष्ट धारणा पुष्टि गर्न पनि सरकारले नसकेको हुदा पार्टीले देशव्यापी रूपमा धर्ना कार्यक्रमको आयोजना गरेको सो पार्टी जिल्ला सेक्रेटरी ध्रुव ओली जनाएका छन।

तिनबुँदे सहमति कार्यान्वयन र विध्यमान राष्ट्रिय राजनीतिमा देखिएको संकट वर्तमान संसदीय व्यवस्था रहेको पुष्टि भईसकेको र त्यसको विकल्पमा संयुक्त प्रगतिशील सरकार गठन गरी जनमत संग्रह मार्फत वैज्ञानिक समाजवादको ल्याउनु पर्ने बताए ।

 

धर्ना कार्यक्रममा जिल्ला इन्चार्ज प्रशान्त,जिल्ला सेकेटरी ध्रुव ओली लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार