देवदह ।रुपन्देहीको देवदह मिलनचोकमा बसले बोलेरोलाई ठक्कर दिंदा बोलेरो चालक घाइते भएका छन् ।

काठमाडौबाट सुर्खेतका लागि छुटेको कर्णाली ००१ ख ०५०० नम्बरको बसले लु १ च ७९३८ नम्बरको बोलेरोलाई पछाडीबाट ठक्कर बोलेरो चालक बिनिराम भुषाल घाइते भएको देवदह प्रहरी चौकी खैरेनीले जानकारी दिएको छ।

बसमा ३६ जना यात्रु रहेको र सबै यात्रुहरु सुरक्षित रहेको र बोलोरो चालक भुषाललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार