१५ असोज, लमजुङ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लमजुङले जिल्ला स्तरीय राजनैतिक बैचारिक प्रशिक्षण सम्पन्न गरेको छ।नेकपा लमजुङले आज जिल्लाको बेशिसहर नगरपालिका मा जिल्ला स्तरीय ३२ जना नेता कार्यकर्ता को सहभागिता सहित एकदिने राजनैतिक बैचारिक प्रशिक्षण गरेको हो।नेकपाको केन्द्रिय स्तरको राजनैतिक बैचारिक प्रशिक्षण चितवनमा महासचिव बिप्लव सहितको सहभागीतामा सम्पन्न भए लगतै नेकपाले आज लमजुङमा सम्पन्न गरेको हो।

उक्त प्रशिक्षणमा नेकपा लमजुङका जिल्ला इन्चार्ज रुपेशले अहिलेको ब्यवस्था दलाल संसदिय ब्यवस्था पुर्णरुपमा नाग्गियको र यो ब्यबस्थाको विकल्पमा बैज्ञानिक समाजवादि ब्यबस्था नै रहेको र यो ब्यबस्थाको लागि र देशमा रहेको राजनीतिक निकासका लागि प्रगतिशील सयुक्त सरकार र जनमतसंग्रह हुनु पर्ने बताएका छन ।यदि तेसो भएन भने देश ठुलो दुर्घटनामा जाने बताएका छन।त्यो हुन नदिनका लागि र प्रगतिशील सयुक्त सरकार,जनमतसंग्रहको लागि नेता कार्यकर्तालाई निर्देशन दिएका छन।साथै उक्त प्रशिक्षण कार्यक्रममा पार्टीको सर्कुलर सेक्रेटरी आक्रोशले बाचन गरेर सुनाएका थिए ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार