असोज १४ बांके। विप्लव नेतृत्वको नेकपा निकट युवा सङ्गठनले बाके र कालिकोट सरकारी कार्यलयमा लिम्पियाधुरा-लिपुलेक सहितको नया नक्सा हस्तान्तरण गरेको छ।

युवा संगठन नेपालले बाके जिल्लामा भएका सरकारी कार्यलयहरुमा नक्सा राखिएको नराखिएको अनुगमन पश्चात जिल्ला प्रशासन कार्यालय बाँके लगायत विभिन्न सरकारी कार्यलयमा नयाँ चुच्चे नक्सा हस्तान्तरण गरेको बांकेका संयोजक दिपक बुढाथोकीले बताए ।

बाके जिल्लामा युवा सङ्गठन नेपाल,भेरी-कर्णाली ब्युरो इन्चार्ज दीप, बाके जिल्लाका संयोजक दीपक बुढा,जिल्ला सदस्य प्रकाश शर्मा र ललित हमाल लगायतको उपस्थिति रहेकोे थियो ।

त्यसैगरी कालिकोट जिल्लामा युवा संगठनका अध्यक्ष गोबिन्द बुढाको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय नया नक्सा हस्तान्तरण गरिएको भेरी कर्णाली व्युरो इन्चार्ज दिपले बताए ।

संगठनले देशभरका सरकारी कार्यलयहरुमा नया नक्सा हस्तान्तरण गर्ने कार्यक्रम गरेको छ ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार