अमृत भट्टराई,असोज १४,पर्वत।पर्वत  जिल्लाको दक्षिणी भेगमा अवस्थित बिहादी गाउपालिकामा आइ एन फ (INF)नेपाल हरियो खर्क अस्पताल पोखरा,अपाङ्ग उत्थान समाज पर्वत र विहादी गाउँपालिकाको सहयोग र समन्वयमा गाउँपालिकाका ६ वटै वडाहरुलाई लक्षित गरी दुई दिने अपाङ्गता भएका व्यक्तिहरुको जाँचबुझ तथा उपचार शिविर सप्पन्न भएको छ।

बिहादी गापामा गत असोज १२ गते वडा नम्वर ४ बाट शालिग्राम,उराम र वहाकीका ४५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई र १३ गते वडा नम्वर २ बर्राचौरवाट बाच्छा,वराचौर र रानीपानीका ३५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकता अनुसारका सहायक सामग्री वितरण सँगै अपाङ्गता भएका व्यक्तिहरूको जाँचबुझ तथा उपचार शिविर सम्पन्न भएको हो।दुई दिनसम्म संचालन भएको शिविरमा ८० जना अपाङ्गता भएका व्यक्तिले सेवा पाएका थिए।

सो शिविरमा आवश्यकता अनुसार उपचार,फिजियोथेरापी व्हीलचियर,बैसाखी,सपोर्ट स्टिक हात र खुट्टाका सपोर्ट सामग्री वितरण गरिएको बिहादी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख हरि भुसालले जानकारी दिनुभयो। उक्त शिविरमा बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसाल, उपाध्यक्ष डम्मर कुमारी गुरुङ, वडा नम्वर २ वडा अध्यक्ष ओम प्रसाद कुँवर लागायतले कार्यक्रम सफलताको शुभकामना मन्त्ब्य दिनुभएको बर्राचौर स्वास्थ्य चौकी प्रमुख भुपेन्द्र नाथ पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार