पुजा लम्साल ,सुनवल,आश्विन १३ । पश्चिम नवलपरासीकै नमुना शैक्षिक संस्थाको रुपमा स्थापित महाकवि देवकोटा क्याम्पसमा त्रिभुवन विश्व विद्यालय अन्र्तगतको स्नातकोत्तर तह अन्र्तगत मास्टर अफ विजनेस स्टडिज (एम.वि.एस) कार्यक्रमको शुभारम्भ गरिएको छ ।

क्याम्पस सभाहलमा मंगलबार एक कार्यक्रमका विच ४ सेमेष्टर/२ वर्षे एम.वि.एस कार्यक्रमको शुभारम्भ गरिएको सार्वजनिक सुचना शाखा प्रमुख हरिदत्त शर्माले जानकारी दिनुभएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संंकायका डिन प्रा.डा. डिल्लीराज शर्माले अव एम.वि.एस पढ्ने विद्यार्थी बजारको माग अनुसार उत्पादीत हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संंकायका सहायक डिन दिनेशमणि घिमिरेले एम.वि.एस अध्ययन गर्ने विद्यार्थिहरु प्रयोगात्मक ज्ञानमा सक्षम हुनुपर्ने धारणा राख्नुभयो । यस्तै सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले क्याम्पसले एम.वि.एस प्राप्त गरेकोमा खुसि व्यक्त गर्दै क्याम्पसलाई आवश्यक पर्ने जस्तो सुकै सहयोग गर्न नगरपालिका तत्पर रहेको विचार व्यक्त गर्नुभयो ।


सुभारम्भ कार्यक्रममा क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष थान प्रसाद गैरे, निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेल, वडाध्यक्ष विर बहादुर गुरुगं, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, क्याम्पस सल्लाहकार समिति संयोजक बोधराज घिमिरे, आजिवन सदस्य कृष्णबन्दु अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा क्याम्पस संचालक समिति तथा सल्लाहकार समितिका पदाधिकारीहरु, आजिवन सदस्य, क्याम्पस संरक्षक, एम.वि.एस अध्ययनरत विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्याम्पस संचालक समिति सदस्य विमला अर्यालको स्वागत मन्तव्य रहेको थियो ।


यस अघि स्नातकोत्तर तहको अध्ययन गर्न बुटवल, भैरहवा, काठमाडौ पोखरा लगातयका सहरमा जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्दै सुनवल स्थित महाकवि देवकोटा क्याम्पसमै सो तहको अध्ययन गर्न पाउनु सम्पुणर् सरोकारवालाहरुका लागि गौरवको विषय बनेको छ ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार