अनिल थारु,असोज १२ कपिलवस्तु । विप्लव नेकपा निकट युवा संगठन नेपाल कपिलवस्तु जिल्लाले सरकारी कार्यालयहरुमा लिपुलेख र लिम्पियाधुरा सहितको नक्सा हस्तान्तरण गरेको छ । जिल्लामा रहेका बिजयनगर गाउँपालिका र शिवराज नगरपालिका कार्यालय सहित विभिन्न सरकारी कार्यलयहरुमा नेपालको नयाँ नक्सा राखिदिएको छ ।

सरकारी कार्यालयहरुले अनिवार्य रुपमा नयाँ नक्सा राख्नुपर्ने माग युवा संगठनले गरेको हो ।जिल्लाका अधिकाशं सरकारी कार्यालयहरुमा समेत नयाँ नक्सा नभएको जानकारी युवा संगठनले दिएको छ ।

युवा संगठनले जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय,नापी शाखा कार्यालय,गाउँपालिका र नगरपालिकाका कार्यालय, जिल्ला सम्वन्य कपिलवस्तु लगायतको कार्यालयमा नेपालको नयाँ नक्सा राख्नै पर्ने युवा संगठन नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष सागरले बताए ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार