असोज १० दाङ । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको प्रथम सम्मेलन  दाङको घोराहीमा सुरु भएको छ । नेकपा केन्द्रिय सदस्य एवं  दांङ इन्चार्ज सितलले मैन बत्ती बालेर उद्दघाटन गर्नु भएको हो।  सम्मेलन ले आगामी कार्ययोजना र नयाँ नेतृत्व चयन गर्नेछ ।

सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य शीतल, जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्मा, जनपत्रकार संगठन निवर्तमान अध्यक्ष प्रकाश डुम्रे,नेकपा घोराही उपमहानगर इन्चार्ज तिलक योगी, जनपत्रकार संगठनका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश अध्यक्ष वसन्त बिक नेताहरुको सहभागिता रहेको छ । संगठनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र श्रमजीवी पत्रकारहरुको हकहितको पक्षमा योजनाहरु निर्माण गर्ने संगठनले बताएको छ ।

सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायत विभिन्न संगठनका नेता तथा अन्य पत्रकारहरुको समेत सहभागिता रहेको छ । सम्मेलन उद्घाटन सत्रको अध्यक्षता दिपेश पराई विष्टले गरेका छन् भने सञ्चालन पत्रकार अनिल नेपालीले गरेका छन।
सम्मेलनको अवसरमा संगठनले प्रदेशको मुखपत्र कलमजीवी पत्रिकाको सार्वजनिकीकरण समेत गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागी लुम्बिनी प्रदेशका सबै जिल्लाहरुबाट प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको छ । सम्मेलन असोज १० र ११ गते दुईदिनसम्म चल्ने संगठनले बताएको छ ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार