प्रकाश थापा,असोज,६ डोटी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जोरायल गाँउ कमिटी भेला सप्पन्न भएको छ । चन्द्र बोहराको नेत्रित्वमा २१ सदस्य कमिटी गठन गरेको छ ।

डोटी जिल्लाको जोरायल गापा कमिटी भेलामा सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी ध्रुव ओलीले पार्टीले सञ्चालन गरेको एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद निर्माणको बाटो सृजनाको निम्ति आम पार्टी कार्यकर्ताले लाग्नु पर्ने र गाँउगाँउमा भइ राखेको भ्रष्टचारको भण्डाफोर गर्नु पर्ने बताउनुभयो ।

भेलाको संचालन र अध्यक्षता चन्द्र बोहराले गरेका थिए भने नेकपा जिल्ला सेक्रेटरी ध्रुव ओलीको प्रमुख आतिथ्यतामा र जिल्ला सदस्य तथा हिमाल मडैको आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार