असोज ५ बाँके । युवा सङ्गठन नेपाल,बाँकेले लागु औषध दुर्व्यसनी,सामाजिक विकृति र विसङ्गती विरुद्ध सचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता युवा सङ्गठन नेपालका चौथो जिल्ला सम्मेलन आयोजक समिति बाँकेका संयोजक दीपक बुढाथोकीले लागुऔषध सेवनले युवाहररूलाई तहसनहस बनाउँदै लगेको बताए । उनले सचेत युवाहरूलाई चरम नशामा डुबाएर दलाल पुँजीवादी राज्यसत्ताले युवाहरूको सचेत क्रान्तिकारी पहलकदमीलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको उद्घोष गरे । पछिल्लो समय देशमा लाखौं युवाहरू लागू औषधमा फसेको तथ्यांकहरू बेलाबेला बाहिरी रहन्छ । देशलाई सहि दिशा र युवाहरूलाई राज्यले उत्पादनमा नजोडी दलाल पुँजीवादी उत्पादन सम्बन्धको रक्षा गर्दा लाखौं युवाहरु यसखाले विकृतिमा फस्ने गरेका छन्, बुढाथोकीले भने ।

सहर थारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सम्मेलन आयोजक समिति सदस्य राम चौधरीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार