ट्रेन्डीङ्ग

एमसीसी खारेजीको बिरुद्ध परासीमा ७ दलको संयुक्त बिरोध कार्यक्रम(फोटो फिचर)

असोज २ परासी।विप्लव नेतृत्वको नेकपा सहित ७ दलहरुले नवलपरासीमा एमसीसी परियोजना विरुद्ध संयुक्त बिरोध कार्यक्रम परासीमा सम्पन्न गरेका छन।बाइस दलिय संयुक्तमोर्चामा आवद्ध ७ दलले अमेरिकी सहयोग परियोजना एमसिसी रास्ट्रघाती रहेको भन्दै परासीमा र्‍याली सहित संयुक्त बिरोध कार्यक्रम गरेको नेकपा नेता विघटनले जानकारी दिनुभयो।
हाटबजार एरियाबाट सुरु भएको र्‍याली मालपोत हुँदै अदालत हुँदै बुद्ध चोक,जिल्ला प्रशासन अगाडि बाट पुनः बुद्ध चोकमा आइ कोणसभामा परिणत भएको थियोे । कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले एमसिसि सम्झौता राष्ट्र हितमा नरहेकोले नवलपरासी जिल्लाबाट प्रतिनिधित सभाका प्रतिनिधित्व गर्ने सदस्यलाई हस्ताक्षर नगर्न सुझाव दिएका छ्न।वक्ताहरुले भने कुनै पनि हालतमा सम्झौता अनुमोदन गरि सम्झौतामा हस्ताक्षर गरे जिल्लामा प्रवेश निषेध सहित विभिन्न किसिमका कार्वाही गर्ने बाध्य हुने चेतावनी दिएका थिए ।

नेकपा माक्र्सवादी (पुस्पलाल)की नेतृ दुर्गा नेपालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जनमोर्चाका नेता उत्तम खरेलले गरेका थिए । बिरोध कार्यक्रममा नेकपा नेता गणेश,राजमोका प्रदेश सदस्य तिलक सुवेदी नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छबिलाल खरेल लगायतले बोलेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal