ट्रेन्डीङ्ग

भुमहिमा दिप प्रज्वलन गरि संविधान दिवस मनाइयो

असोज ३ सुनवल।भुमहिमा विभिन्न संस्था संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरी मनाएका छन।

पश्चिम नवलपरासीको सुनवल-१२ भुमहीमा बेद:शिर्जसिल संस्था,योङ्ग गोर्खालिज क्लब र लियो क्लब अफ रामनगरले संयुक्त रूपमा ७ औं संविधान दिवसको अबसरमा क्लबले भुमहीमा दिप प्रज्वलन गरि मनाएका हुन ।

संविधान दिवसको अवसर पारेर वेद:सिर्जनशील संस्थाको आयोजिनमा संविधान संवाद कार्यक्रम गरेको संस्थापक अध्यक्ष कृष्ण पाण्डेले बताउनु भयो। पाण्डेले संवाद कार्यक्रममा संविधानको सफल कार्यान्वयनका लागि संघसंस्थाहरुले आआफ्नो स्थानबाट लाग्दै संविधानमा उल्लेखित जनताका मौलिक अधिकारको प्रत्याभूतिका लागि राज्य लाग्नुपर्ने निष्कर्ष निकालियो बताए।

दिप प्रज्वलन कार्यक्रममा सुनवल नपा १२का वडाध्यक्ष यामलाल पान्डे,बेद:शिर्जसिल सस्था,योङ्ग गोर्खालिज र लियो क्लब अफ रामनगरका क्लब सदस्य लगायत,युवा ,समाजसेवीको उपस्थित रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal