ट्रेन्डीङ्ग

एमसीसी खारेजीको माग गर्दै असोज ४ गते परासीमा संयुक्त बिरोध कार्यक्रम हुने

असोज ३ परासी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित बाईस दलीय गठबन्धन आबद्व दलहरुले एमसीसी परियोजना विरुद्धको असोज ४ गते परासीमा बिरोध कार्यक्रम गर्दैछन ।

एमसीसी रास्ट्रघाती रहेको ठहर गर्दै असोज ४ गते परासीमा संयुक्त बिरोध कार्यक्रम गर्ने मोर्चा आवद्ध दलहरुले जनाएका छन । मोर्चा आबद्ध ७ दलले गत सोमबार एक बक्तब्य जारी गर्दै आन्दोलनमा सहभागी हुन सबैलाई अपिल गरेका थिए ।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपा,नेकपा(मसाल),नेकपा (क्रान्तिकारी माओवादी),राजमो,देशभक्त जनगणतान्त्रिक मोर्चा,बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माक्र्सवादी पुस्पलालको संयुक्त आयोजनामा हुने भएको हो ।

रास्ट्रिय स्वाधीनताको रक्षाको सङघर्स सम्पुर्ण देशभक्तहरुको साझा कार्यसुचि बन्न पुगेकोले कार्यक्रम आयोजना गरिएको उनिहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal