नन्दु यादव ,असाेज ,२ परासी।पश्चिम नवलपरासीमा जनता समाजबादि पार्टी नेपालले पार्टि सुदृढीकरण तथा बिस्तार कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढिरहेकाे छ।

विभिन्न स्थानिय तहमा धमाधम पार्टि बिस्तार कार्यक्रममा नेताहरु निकै सक्रियताका साथ लागिपरेका छन।यसैगरि सरावल गाउपालिका वडा न ७ भुजहवमा अभिमुखिकरण तथा पार्टि बिस्तार कार्यक्रम सम्पन्न गरेकाे छ।स्थानिय देवेन्द्र यादवकाे अध्यक्षता तथा पुर्व शिक्षा राज्यमन्त्री गाेबिन्द चाैधरीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे जसपा नवलपरासीका नेता मदन यादवले जानकारी दिनुभयाे।

कार्यक्रम जसपाका नेता हरिलाल यादव,सुबासचन्द्र यादव ,ईन्दकमल यादव ,मदन यादव लगायतले पार्टि बिस्तार बारे आ-आफ्नो धारणा ब्यक्त गर्नु भएकाे थियाे।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि चाैधरीले मधेशी ,थारु ,मुस्लिम,दलित पिछडाबर्गकाे हक अधिकार स्थापितका लागि बर्षाैदेखि जसपाले लडाई गर्दै आएकाे र हकअधिकार स्थापित कम लागि लडाई गर्न सधै तयार रहेकाेले सबै समुदायका आम जनता एकजुट भई अगाडि बढनुपर्ने कुरामा जाेडदिनु भयाे।

अझै पनि मधेसमा रहेकाे जनसंख्याकाे आधारमा आरक्षण ,सरकारमा सहभागिता,बजेट बिनियाेजन चाहे अनुसार नभएकाे जिकिर गर्नु भयाे ।०६२/६३काे मधेश आन्दाेलनले गरेकाे उपलब्धिहरुलाई सस्थागत गर्न सबै यकजुट हुनुपर्ने बताउनु भयाे ।

कार्यक्रम बाट देबेन्द्र यादवकाे अध्यक्षतामा २३सदस्यीय सरावल गापा वडा न ७काे वडा कार्यसमिति समेत गठन गरिएकाे छ ।जसकाे उपाध्यक्षमा सन्ताेष पाण्डे,सचिवमा प्रदिप यादव सहसचिवमा राधे हरिजन,काेषाध्यक्षमा सघुरा देबी गुप्ता सहकाेषाध्यक्षमा प्रहलाद यादव, सदस्य बनारसि यादव ,गगा केवट ,बसन्त केवट,ठाकुर हरिजन टुवर हरिजन लगायत रहनु भएकाे छ ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार