ट्रेन्डीङ्ग

सुनवलमा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु

असोज १ सुनवल।
नवलपरासीको सुनवलमा गएराति मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल ७ ज्यामिरेमा सडक विस्तारका क्रममा बनाईएको डाईभर्सनमा मोटरसाईकल पल्टिदा सुनवल वडा नम्बर ४ का २७ वर्षिय विष्णु चौधरीको मृत्यु भएको हो ।

सुनवल बाट बुटवल तर्फ जादै गरेका चौधरी चढेको लु ३७ प ६९५० नम्बरको मोटरसाईकल गएराति पौने ११ बजे तिर आफै अनियन्त्रीत भएर पल्टिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि टाउकोमा चोट लागेर गम्भिर घाईते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागी लगिएपनि डाक्टरले मृत घोषित गरेकोे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

सुनवलमै मोटरसाईकल डाईभर्सनबाट खस्दा केहि महिना अगाडी पनि एक व्यक्तिको मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal