ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)इलामको अध्यक्षमा बिनोद मगर

ईलाम,३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) इलामको प्रथम जिल्ला भेला भव्यरूपमा सम्पन्न भएकाे छ।प्रथम जिल्ला भेलाले विनोद मगरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ।

भेलामा इलाम जिल्ला सचिव माैसम राईको प्रमुख आतिथ्यता रहेको थियोे भने विशेष अतिथिका रूपमा अखिल (क्रान्तिकारी ) मेची-कोशी ब्युरो संयोजक पुष्प न्यौपाने र अतिथिका रूपमा विद्यार्थीका फ्रयाक्सन इन्चार्ज एवम् इलाम जिल्ला कार्यालय सदस्य नवराज तामाङकाे उपस्थिति रहेको थियोे ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् इलाम जिल्ला सचिव माैसम राईले देशको राजनीतिक भविष्यकाे निर्धारण गर्ने शक्ति विद्यार्थी रहेको भन्दै विद्यार्थीहरू नै सक्रिय रूपले अगाडि आउनुपर्ने बताए । नेपालकाे हरेक राजनीतिक परिवर्तनमा सबैभन्दा ठुलो भुमिका विद्यार्थीहरूकाे रहेको भन्दै अब अखिल (क्रान्तिकारी)ले राष्ट्रघातका विरूद्व संघर्ष गर्नेबेला आएको बताए ।

त्यस्तै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमका विषेश अतिथि एवम् विद्यार्थी नेता पुष्पले देशको परिवर्तनमा विद्यार्थीकाे भुमिका उच्च रहेको विश्लेषण गर्दै विद्यार्थीहरूलाई अन्याय,अत्याचार नसहन र आवश्यक परे विद्रोह गर्नुपर्ने उल्लेख गरे।कार्यक्रममा अखिल (क्रान्तिकारी ) इलामका फ्याक्सन इन्चार्ज नवराजले नव गठित जिल्ला समितिलाई बधाई तथा शुभकामना दिँदै अब विद्यार्थीहरूले पुर्वबाट विद्यार्थी आन्दोलनको शुरूवात गर्नेबेला आएकाे भन्दै क्याम्पस तथा विद्यालयहरूमा विद्यार्थीमाथि भएका अन्याय , अत्याचार , चर्को भर्ना शुल्क लगायतका विरूद्व धावा बाेल्नुपर्ने बेला आएको बताए ।

प्रथम जिल्ला भेलाले विनोद मगरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्माण गर्दै बैठक सम्पन्न गरेको हो । भेलाले जिल्ला उपाध्यक्षमा मङ्गेश राणा, सचिवमा कला राई, सहसचिवमा संजिता लिम्बू र कोषाध्यक्षमा मनिषा तामाङलाई चयन गरेको छ।त्यस्तै सदस्यहरूमा रोजन लिम्बू , अस्मिता कटुवाल , सन्तोष पाैडेल , बिना नेपाली , कुनिता मगर, दिनेश अधिकारी , शान्ति लिम्बू , अस्मिता राई, सुजन महरा, अनिष मगर , रन्जिल लगाईँ, अनिष लोकान्द्रिलाई सदस्यमा चयन गरेको छ भने थप तिनजना पछि ताेकिने अध्यक्ष बिनोद मगरले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal