कविता याद(एक भयानक पिडा) 
सुन्दा सामान्य लाग्न सक्छ याद भन्ने शब्द
तर यसले दिने पिडा निकै भयानक हुन्छ

जब भरिन्छ मन मस्तिस्क तिम्रै यादले अनि
सहन नसकेर पिडा यो मन भक्कानिएर रुन्छ।

शरीरमा आगोले पोलेको घाउ त निको हुन्छ
तर यादले पोलेको मन खै कसरी निको होला

लाखौ प्रयास गर्दा पनि सकिएन थाम्न ऑंसु
उर्लिन्छ ऑंखाका डिलबाट उर्लिएझै वर्षायामको खोला।

बिर्सन नसकिने रहेछ तिम्रो यादहरु किनकी
चुम्बकमा फलाम टॉंसिएझै मनमा आएर टॉंसिन्छ

प्रयास गर्छु भुल्न तिम्लाई मनमा अनेक कुराहरु सोचि
तर सोचेको सबै कुराहरु तिमीमा नै आएर गॉंसिन्छ।

खै कतिदिन तड्पाउने हो तिम्रो यादले आत्मा मेरो
दिनमा भन्दापनि बढि भयानक बन्छ कालो रातमा

ऑंखा अघि घुमिरहन्छ तिम्रो मुहार घरी घरी
अर्धमृत झै भएको छु नहुदा तिमी मेरो साथमा।

तिम्रो प्रेमको गहिराईमा यतिसम्म डुबेको छु कि
दिनको कल्पना र रातको सपना दुबैले तिमीलाई नै खोज्छ

तिमी छोडी गएपनि तिम्रो यादले छोडेको छैन मलाई
यहि यादलाई मेटाउन लाग्छ मनले मृत्युलाई नै रोज्छ।

लेखक:गेहेन्द्र आचार्य(सुनिल)
अन्नपूर्ण गाउपालिका-८ कास्की

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार