सागर पौडेल,भदौ ३१, सुनवल ।इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउन्डेसनको साझेदारीमा सञ्चालित आधारभुत स्वास्थ्य परियोजनाको आयोजनामा सुनवल नगरपालिकाको सभाहलमा सरोकारवालाहरुका परियोजना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यसमिति सदस्य तथा परियोजनाका सल्लाहकार बिमल चन्द घिमिरेको अध्यक्षता र सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता तथा नगरपालिकाभित्रका सम्पुर्ण वडा अध्यक्ष नगरपालिकाका सम्पुर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले”स्वास्थ्य भनेको सबै महत्त्वपूर्ण कुरा हो जब सम्म आफू स्वास्थ भैइदैन कुनै पनि काम गर्न नसकिने,सबै जनाले स्वास्थ्यमा ध्यान दिनुपर्ने र इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउन्डेसनले सुरुका दिन देखिनै स्वास्थ्य क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै अझ यो भन्दा बढी स्वास्थ क्षेत्रमा समय खर्चिनु पर्ने कुरामा जोड दिएका थिए ।

आधारभुत स्वास्थ्य परियोजनाले गरिब-विपन्न तथा सिमान्तकृत,गर्भवती महिला एवं उण्ण प्रदेशिय उपेक्षित रोगहरु (कुष्टरोग/हात्ती पाइले रोग) का विरुद्ध आफ्ना कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको परियोजनाका स्वास्थ्य परिचालक बसन्त सापकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार