वालिङ।”गर्नु गरेउ बलराम भैंसी पालेर खाटी दुधमा पानी हालेर”का चर्चित सर्जक,गायक एवं संगीतकर्मी अर्जुन गैह्रेले बजारमा नया गित”धुलो खाएर”बजारमा ल्याएका छन।

गैह्रेको गितमा नेपालमै भएको श्रीमान र बिदेश भएकी श्रीमती संगको कुराकानी समेटिएको छ।केटि बिदेशमा बसेर कमाउने र केटा नेपालमै धुलो माटोमा काम गर्दा खुशी भएको र देशमा बसेर काम गर्नुपर्ने गितले सन्देश दिएको छ।समसामयिक विषयमा आधारित नया लोकगीत धुलो खाएर अत्यन्तै मौलिक र मर्मस्पर्शी छ।

यतै आउ भिसा लिएर एल्बम सार्वजनिक भएको धुलो खाएर गितमा शब्द संगित अर्जुन गैह्रेले गरेका छन भने गैह्रेलाइ सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन।

अन्जली अधिकारी र लोमस शर्मा अभिनय रहेको छ भने प्रकाश भट्टले निर्देशन गरेका छ्न ।बिन्दबासिनी म्युजिकले अडियो/भिडियो निर्माण गरेको गितको छायांकन नवराज उप्रेतीले गर्नु भएको छ,भने भिडियो सम्पादन बिष्णु शर्माले गर्नु भएको हो । गित बिन्दबासिनी म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ। भिडियो :

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार