ट्रेन्डीङ्ग

युवा संगठनले भेरीकर्णाली अन्तर्गतका जिल्लामा ज्ञापनपत्र बुझायो

बाके संवाददाता ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल भेरी कर्णाली क्षेत्रीय समन्वय समितिले विभिन्न जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । संगठनले ३ बुद्दे माग सहित ज्ञापनपत्र बुझाएको हो।

युवा संगठनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच गत २०७७ फाल्गुन २१ गते भएको तीन बुद्दे सहमति कार्यनयनको माग गर्दै सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

युवा सङ्गठन नेपाल भेरी-कर्णाली ब्युरोले सङ्गठनको केन्द्रीय कार्यक्रम अनुरुप सरकारलाई मातृ पार्टीसँगको ३ बुँदे सहमति लागू गर्न दबाब दिने उद्देश्य सहित आफ्नो ब्युरो अन्तर्गतका बाँके, बर्दिया, कालिकोट, सुर्खेत,जाजरकोट, मुगु,हुम्ला,जुम्ला, डोल्पा लगायत सबै जिल्लाहरूमा ज्ञापनपत्र बुझाइएको ब्युरो इन्चार्ज दीपले बताउनु भयो।

बाँके जिल्लामा अध्यक्ष दिपक बुढा,बर्दियामा अध्यक्ष प्रेरणा रोकाया, सुर्खेतमा अध्यक्ष तिलक पौडेल ,कालिकोटमा अध्यक्ष गोविन्द बुढा, जाजरकोटमा अध्यक्ष गोविन्द चन्द र मुगुमा जिल्ला अध्यक्ष दिपक भण्डारीको नेतृत्वमा धर्ना सहित जिल्ला प्रशासन कार्यालयहरूमा तत्कालीन केपि नेतृत्वको सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति पछी नेकपा नेताकार्यकर्ता अझै हिरासत र कारगारमा रहेका छ्न सरकारले सहमति कार्यनयन कुनै चासो नदिएको भन्दै बिरोध स्वरुप प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोधार्थ हुने गरी ज्ञापनपत्र बुझाइएको इन्चार्ज दिपले बताउनु भयो।

नेपाल सरकार र नेकपाको बिचमा २०७७ फागुन २१ गते भएको तीन बुद्दे सहमतिमा उल्लेख भएको प्रतिबन्ध फुकुवा गर्ने बाहेक अरु कुनै पनि बुंदाहरु लागू नभएकोले ज्ञापन पत्र बुझाएको भेरीकर्णाली संयोजक दिपले बताए ।

ज्ञापनपत्रमा राजनीतिक आस्थाका आधारमा लगाएका झुट्टामुद्दाहरु तुरुन्त खारेज गर,राजनीतिक आस्थाका अधारमा बन्दी बनाएका आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर,जनमत संग्रहका लागि उचित वातावरण तयार गर लगायतका तीन बुद्दे माग गरेका छ्न।

नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको तीन बँदे सहमतिलाई कार्यान्वयन गरिएन भने अन्य सर्घषका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal