ट्रेन्डीङ्ग

कञ्चनपुर:तीनबुँदे सहमति कार्यान्वयनको माग राख्दै युवा संगठनको प्रशासनमा धर्ना

गणेश एसके,भदौ ३०,कञ्चनपुर ।विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल,कञ्चनपुरले आफ्नो पार्टी र नेपाल सरकार बीच भएको तीन बुँदे सहमति कार्यान्वयनको माग राख्दै बुधबार कञ्चनपुरको जिल्ला प्रशासन गेटमा धर्ना बस्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पनि बुझाएका छन।तत्कालीन केपी शर्मा ओलीको सरकारले नेपाल कम्युनिस्ट पार्टी सँग तीन बुँदे सहमति गर्दै पार्टी माथि लागेको प्रतिबन्ध फुकुवा, झुट मुद्दा खारेज र आस्थाका बन्दी हरू रिहाई लगायतका तीन बुँदामा सहमति गरेको थियो । तर उक्त सहमति गरेको करिब ८ महिना बितिसक्दा पनि कार्यान्वयन नगरेको आफूहरु संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य भएको युवा संगठन नेपाल का केन्द्रीय सदस्य भुवन कुँवर ले जनाएका छन् ।

सो तीन बुँदे सहमति लाई अहिलेको देउवा सरकारले यथासिघ्र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आज देशै भरी युवा संगठनले प्रत्येक जिल्लामा ज्ञापनपत्र सहित धर्ना कार्यक्रम गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?