तनहुँ  संवाददाता। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन तनहुँ ज्ञापनपत्र बुझाएको छ । संगठनले प्रधानमन्त्री कार्यलयलाई बोधार्थ गरि प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको हो ।

नेकपा र नेपाल सरकार बिच भयको ३ बुदे सम्झौता कार्यन्वयनको माग गर्दै युवा संगठन नेपाल तनहुले, जिल्ला प्रशासन कार्यालयको गेटमा १ घण्टा धर्ना सहित जिल्ला प्रशासन कार्यालय तनहुँ मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाडौ ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा राजनीतिक आस्थाका आधारमा लगाएका झुट्टामुद्दाहरु तुरुन्त खारेज गर,राजनीतिक आस्थाका अधारमा बन्दी बनाएका आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर,जनमत संग्रहका लागि उचित वातावरण तयार गर जस्ता तीन बुद्दे माग उल्लेख्य गरेका छ्न।

नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको तीन बँदे सहमतिलाई कार्यान्वयन गरिएन भने अन्य सर्घषका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको ।

संगठनका केन्द्रीय सदस्य नेत्र युवा संगठन नेपाल तनहुँका अध्यक्ष दृष्टि लगायतका संगठनका जिल्ला कमिटी सदस्यहरुको बिशेष उपस्थिती रहेको निकट श्रोत बताएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार