ट्रेन्डीङ्ग

नेकपा अछाम कमलबजार नपाको नगर भेला सम्पन्न

कमल विक,अछाम, २९ भाद्र। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले कमलबजारमा नगरभेला सम्पन्न गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति अछामको आयोजनामा सञ्चालित सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान निरन्तरताको क्रममा अछामको कमलबजार नगरपालिकामा नगर भेला सम्पन्न भएको हो। उक्त कार्यक्रममा नगरभेलाबाट १९ सदस्सिय कमिटि विस्तार भयको छ।

 

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिना ‘संगर्ष’ ले नेपालमा महान दस बर्षे जनयुद्ध विचार, राजनितिक दृष्टिकोण,आदर्श बाट संचालन भएको थियो तर पार्टीका गद्दार नेतृत्व हरुले नेपाली जनताको आशा,भरोसा र सहिदको सपनामा कुठाराघात गरेपछि पार्टीमा दुइलाइन् संघर्ष हुँदै जनताको सपना पुरा गर्नकालागि नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको बताउनु भएको थियो। उहाँले कार्यक्रमा सम्बोधन गर्दै एनसेलको अरबौं रुपैयाँ कर नउठाउने तर अनुदानका नाममा राष्ट्र घाती एम सी सी परियोजना पास गर्न सरकार र राजनितिक दलहरु लागिरहेको प्रति आपति जनाउँदै एम सी सी परियोजना कुनैपनि हालतमा पास हुन नदिने र राज्यलाई कर नबुझाउने एन सी एल लाई जन कारबाही गर्ने चेतावनी समेत दिनु भएको थियो। आफ्नो पार्टीको आगामि कार्यभारको बारेमा बोल्दै बर्तमान दलाल संसदीय व्यवस्था नेपालमा असफल भइसकेको र यसले राष्ट्रिय राजनितिलाई निकास नदिने, यसको विकल्प पर्गतिशिल संयुक्त सरकारले गर्ने जनमत संग्रह मार्फत बैज्ञानिक समाजवाद नै भएको बताउनु भएको थियो।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य निरक शाहीले संगठनको आगामि कार्यभार र जिम्मेवारीको बारेमा प्रशिक्षण दिनु भएको थियो। भने नव निर्बाचित कमिटीलाई जिल्ला कमिटि सदस्य तिलक बिष्टले बधाइ तथा शुभकामना मन्तब्य दिनुभएको थियो।

उक्त कार्यक्रममा अध्यक्ष कमलबजार नगरपालिकाका ईन्चार्ज युवराज,अतिथि नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य निरक शाही,मेल्लेख बान्यगडी जयगड गाउँपालिका इन्चार्ज तिलक बिष्ट लगाएत विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधि हुनुहुन्थ्यो।कार्यक्रमको संचालन कमलबजार नगरपालिकाका सचिव कुमार क्षेत्रीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?