ट्रेन्डीङ्ग

पूर्वपश्चिम राजमार्ग : सुनवलको बेलिब्रिज भोलिबाट सञ्चालनमा आउने

जीवन न्यौपाने,भदौ २८, नवलपरासी । गत भदौ ९ र १० गते परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा रहेको तुरिया खोलाकाे पुल भाचिएको स्थानमा निर्माणाधीन बेलिब्रिज भोलि मंगलबार बिहानबाट सञ्चालनमा आउने भएको छ ।
अविरल वर्षासङ्गै आएको बाढीका कारण सुनवलमा रहेको तुरिया खोला र देवदहको घोडाहामा रहेको पक्की पुल भाँचिएका थिए । यी दुई खोलामा रहेका पक्की पुलहरु भाँचिएपछि पूर्वपश्चिम राजमार्गमा १८ दिनयता सवारी साधन आवागम ठप्प भएको छ ।
तरिया खोलामा १ हप्ता अगाडिदेखि सुरु भएको बेलिब्रिज निर्माणको काम आज साझसम्म सकिने र भोलि बिहानबाट सवारीसाधन नियमित सञ्चालनमा आउने बेलिबृज विशेषज्ञ उद्यव राना मगरले बताउनुभयो । सो खोलामा पानीको बहाव पनि धेरै भएको र खोलाको गहिराई पनि धेरै भएको कारणले डाईभर्सन बनाउनका लागि प्रयाप्त स्थानको अभाव भएको हुँदा भाँचियको पुलको माथि नै बेलिब्रिज निर्माण गरिएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासीनिले बताउनुभयो ।
सडक डिभिजन कार्यालय बुटवलको अग्रसरतामा घोडाहा खोलामा अस्थायी रुपले पुरानो पुल देखि उत्तर तर्फबाट डाईवर्सन निर्माण पुरा गरिएको छ भने सुनवलको तुरिया खोलामा भाँचिएको पक्की पुल कै माथिबाट बेलिब्रिज निर्माणको काम गरिएको मरासीनीले बताउनुभयो ।
भदौ दोस्रो हप्ता देखि आएको अविरल वर्षाका कारण तुरिया पुल र घोडाहा पुलसङ्गै सडक बिस्तारका क्रममा निर्माण गरिएका आधादर्जन डाईभर्सनहरु बाढीले बगाएको थियो । पुल र डाईभर्सनहरुमा क्षति भएपछि पूर्व-पश्चिम राजमार्ग भएर गुड्ने लामो तथा छोटो दुरीका सवारी साधनहरुलाई पश्चिम नवलपरासीको भुमहिदेखि भैरहवा बुटवल हँदै आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal