भदौ २८ परासी ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन बिवादका बिच पनि सम्पन्न हुदै छ । देशभर केहि वडा बाहेक अधिकामश वडामा सहमति र निर्वाचन मार्फत अधिवेशन सम्पन्न भएका छन। पालिकाको अधिवेशन हुने बेला निर्वाचन तालिकाको हेरफेर हुदा केहि पर धकेलिएको अधिवेशनको चटारो भने उस्तै छ ।
नेपाली कांग्रेसको गुट केन्द्रमा मात्रै नभइ देशभर तल्लो तहमा पनि देख्न पाइन्छ ।त्यही गुटको असर नवलपरासीमा पनि प्रष्ट देख्न सकिन्छ।
नवलपरासीमा पार्टीका १३औं महाधिवेशन बाट निर्वाचित केन्द्रिय सदस्य देवन्द्र राज कंडेल र संविधानसभा सदस्य बिक्रम खनाल गरि दुई खेमामा टकराव छ।कण्डेल देउवा पक्षधर हुने भने खनाल कृष्ण प्रसाद सिटौला पक्षमा देखिएको निकट स्रोतले बताएको छ ।
यिनै दुई गुटको विवाद केहि समय अगाडि किर्याशिल सदस्यता आरोपप्रत्यारोप भएको थियो।पार्टीको केन्द्रिय निर्णय पश्चात् विवाद टुंगिएको भए पनि बेलाबखत विवाद भैरहेको देख्न सकिन्छ।
जिल्लामा केहि नगर बाहेक दुबै गुटले उम्मेदवारी घोषणा गरेका छन।उम्मेदवारी घोषणा गर्नेहरुमा सुनवल नपामा खनाल पक्षमा हालका सभापति सोम बहादुर रायमाझी सभापतिको उम्मेदवारी सगै प्यानलको घोषणा गर्नु भएको छ।अर्को कण्डेल समुहको सभापतिमा खेमराज पाण्डेय सहितको प्यानलको घोषणा गरेका छ्न।
रामग्राममा कण्डेल समुहले मात्रै आधिकारिक प्यानल सहितको उम्मेदवारको घोषणा गरेको छ।सभापतिमा श्रीधर बस्यालको उम्मेदवारी सहित प्यानलको घोषणा गरेको छ ,भने खनाल समुहको तर्फ बाट उमा शंकर श्री वास्तबले सभापतिको पदका लागि घोषणा गरेको अन्य प्यानलको आधिकारिक घोषणा हुन बाकी भएको निकट श्रोतले बताएको छ।
त्यसै गरि सरावल गापामा कण्डेल समुहको मात्रै उम्मेदवारी घोषणा भएको छ।सभापतिमा बिनोद पाण्डेको उम्मेदवारी सहित प्यानलकै घोषणा गरेका छ्न।
पाल्हिनन्दन गापामा कण्डेल समुहको तर्फबाट सभापतिमा हरिहर चौहान सहितको प्यानल घोषणा गरेका छ्न भने खनाल समुह बाट गुडडु गुप्ताको प्यानल घोषणा भएको छ ।
बर्दघाट नगरपालिकामा हालका सभापति सम्भुलाल श्रेष्ठ कण्डेल समुहको तर्फबाट सभापतिको उम्मेदवारी सहित प्यानलको घोषणा गरेका छ्न भने खनाल समुह बाट दामोदर जिसि सहितको प्यानल घोषणा गरेका छन ।
प्रतातपुर र सुस्तामा कुनै पनि समुहको आधिकारिक उम्मेदवारको घोषणा नभएको निकट श्रोतले बताएको छ।
जिल्ला सभापतिका लागि खनाल समुहबाट हालका उपसभापति अर्जुन पोखरेलको र कण्डेल समुहबाट मोहन शर्माको चर्चा रहेको छ।
जिल्लामा तीन नगरपालिका र ४ गाउपालिका गरि ७ स्थानीय तह छन। खनाल भन्दा कण्डेल गुट मजबुत तथा बलियो भएको आकल गर्न सकिन्छ।बाकी परिणाम अधिवेशन सकिए पछि नै देखिएला । काङ्ग्रेसमा नगर कार्यसमिति चयनका लागि नगर सभापति सहित अन्य क्षेत्रीय प्रतिनिधि सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था रहेको छ ।
बाकी रहेका वडा अधिवेशन असोज ५ गते,गाउँ/नगरको असोज ९ गते प्रदेश क्षेत्रीय अधिवेशन असोज १२,प्रतिनिधि सभा एक मात्र भएको १५ र एक भन्दा बढी रहेकोम १८ गते ,प्रदेश अधिवेशन कार्तिक १०,११ र १२ गते तोकिएको छ भने केन्द्रिय अधिवेशन मंसिर ९-१३ गते काठमाडौ गर्ने पार्टीको केन्द्रिय कमिटीले निर्णय गरेको छ।